८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा गोरु काटेर सामुहिक भोज खाने चारजना रिहा

खोटाङमा गोरु काटेर सामुहिक भोज खाने चारजना रिहा



खोटाङ । गोरु काटेर सामुहिक भोज खान÷खुवाउनमा संलग्न खोटाङका चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय डिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङ मङ्गलबार तारेखमा रिहा भएका हुन् ।

जिल्ला अदालतको आदेशमा तेजबहादुर सामान्य तारेखमा र अन्य तीनजना रु दश÷दश हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ । मङ्गोल नेशनल अर्गनाइजेसन (डिजिजी)को अगुवाइमा असोज–८ गते गोरु काटेर सामुहिक भोज खान र खुवाउन संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो ।

आ–आफ्नो घरमा बसिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको रिहाइको माग गर्दै डिजिजीले असोज–१० गते र असोज–१४ गते दिक्तेल बजारमा प्रदर्शन गरेको थियो । प्रहरीले गोरु काट्न नेतृत्व गर्ने भन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै आलोचना भएको थियो ।

डिजिजीले घटनाको अपनत्व लिन खोजेपछि जिल्लाका पहिचान पक्षधरहरु पछाडि हटेका थिए । डा. गोपाल गुरुङ नेतृत्वको मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट फुटेर बनेको मङ्गोल नेशनल अर्गनाइजेसन (डिजिजी) समूहले पूर्वी नेपालमा गोरु काटेर सामुहिक भोजको आयोजना गर्दै आएको छ ।

गोरु÷गाई काटेर खाएको आरोपमा राज्यले धेरै मानिसलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि त्यसको प्रतिरोधमा गोरु काटेर सामुहिक भोज खाने अभियान चलाइएको उनीहरुले बताउँदै आएका छन् । डिजिजीमा आवद्ध समूहले पूर्वी नेपालका विभिन्न ठाउँमा साँस्कृति क्रान्ति भन्दै अराजक गतिविधि गरिरहेको पाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ००:००  २ : ४३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली