५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्वबियु खोटाङको २४ औं अधिवेशन आगामी मंसिर २९ र ३० गते ऐसेलुखर्कमा

अनेरास्वबियु खोटाङको २४ औं अधिवेशन आगामी मंसिर २९ र ३० गते ऐसेलुखर्कमा



खोटाङ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन खोटाङको २४ औं अधिवेशन आगामी मंसिरमा हुने भएको छ । सोमबार नेकपा (एमाले) पार्टी कार्यालय पुष्पलाल स्मृति भवनमा कमिटिका संयोजक यम खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर २९ र ३० गते ऐसेलुखर्कबजारस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अधिवेशन गर्ने निणर्य गरेको हो ।

प्रमुख आतिथि केन्द्रीय अध्यक्ष समीककुमार बडालको प्रमुख आतिथ्यतामा जिल्लास्थित ऐसेलुखर्कमा अधिवेशन गर्ने निणर्य भएको पत्रकार सम्मेलनमार्फत बताइएको छ । अनेरास्ववियुका जिल्ला संयोजक खड्काको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिती, संगठनका जिल्ला इन्चार्ज मोहन संग्रामको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिती गठन गरिएको छ । सह-संयोजक विष्णु उपरकोटीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिती, सुरेश प्रधानको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र अभिषेक घिमिरेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिती निर्माण गरिएको बताइएको छ ।

यस्तै, अधिवेशन अगाडि दश स्थानीय तहभरिका ३९ वटा दशजोड २ माध्यामिक विद्यालयहरुमा सङ्गठन विस्तार गरिने जनाइएको छ ।

आयोजक कमिटीका सबै माध्यामिक विद्यालय कमिटीबाट १-१ जना, क्याम्पस कमिटीबाट १ महिलासहित ३ जना, सिटिइभिटीबाट १ महिलासहित ३ जना, गाउँपालिका कमिटीबाट २ महिलासहित ५ जना नगर कमिटीबाट ३ महिलासहित ७ गरि १६८ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन्

अधिवेशनका लागि `विद्यार्थी हितमा केन्द्रित सुदृढ सङ्गठन नयाँ शिराबाट अबको शैक्षिक आन्दोलन´ भन्ने नारा तय गरिएको छ। अनेरास्ववियुले अधिवेशनका लागि लोगो समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ६ : ३० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली