१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्प अपडेट: रुकुम पश्चिममा १४३ घाइते, ३ जनाको अवस्था गम्भीर

भूकम्प अपडेट: रुकुम पश्चिममा १४३ घाइते, ३ जनाको अवस्था गम्भीर



रुकुम । शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाइते भएका छन् । घाइते मध्य गम्भीर अवस्थामा रहेका तीन जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ का ३० वर्षीय तेजेन्द्र नेपाली, वडा नम्बर १० का ४१ वर्षीय  रत्न कुमारी दमाई र वडा नम्बर १३ का ३० वर्षीय धनमाया पुनलाई थप हेलिकप्टर मार्फत थप उपचारको लागि सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत उहाँहरूलाई सुर्खेत पठाइएको हो ।

भूकम्पको कारण घाइते भएका १४३ जना मध्य अन्य बाँकीको जिल्लाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्लेमा ३९ जना, चौरजहारी अस्पतालमा २१ जना, आठविसकोट नगर अस्पतालमा ३९ जना र सहिद स्मृति अस्पताल सानी भेरीमा ३६ जनाको उपचार भइरहेको छ । जिल्ला अस्पताल सल्लेमा उपचार भई रहेका चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  १० : ३१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली