१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङले गर्‍यो जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग

हलेसी तुवाचुङले गर्‍यो जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग



खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकगरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर  एघार लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ ।गत  “कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ ।

यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बसेको बैठकको निर्णयअनुसारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलबभत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप एघार लाख ५१ हजार १०० रकम उपलब्ध गराइएको छ”, नगर प्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ।

“भूकम्पका कारण मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”

दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहतस्वरुप सहयोग रकम उपलब्ध गराउने हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ००:००  ७ : ३५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली