८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल नगरको उदाहरणीय काम : पाठेघर खसेका महिलालाई शल्यक्रियाका लागि शिर मेमोरियल अस्पताल पु¥याइयो

दिक्तेल नगरको उदाहरणीय काम : पाठेघर खसेका महिलालाई शल्यक्रियाका लागि शिर मेमोरियल अस्पताल पु¥याइयो



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर)को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया)का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पु¥याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो ।

अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ । केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ ।

पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्”, उहाँले भन्नुभयो, “शल्यक्रीया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक÷एक जना कुरुवालाई बनेपा पु¥याइएको छ । बाँकी रहनुभएकालाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइनेछ ।” प्रमुख भट्टराईले भन्नुभयो ।

पाठेघर खसेका कारण दर्दनाक दिनचर्य बिताइरहेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिना यता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । पाठेघर खसेका महिलाको उपचारका लागि नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली महिलाहरुसँगै बनेपा गएका छन्।

दोस्रो चरणमा मङ्सिर–५ गते पाठेघर खसेका बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख रार्ईले जानकारी दिनुभएको छ । हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन् ।

पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै रिङ प्रेसरी राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार ००:००  १ : ३३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली