८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाक्सिलामा एक घरमा आगलागी, १५ लाखको क्षति

बाक्सिलामा एक घरमा आगलागी, १५ लाखको क्षति



खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माध्यामिक विद्यालय नजिकैको एक घरमा आगलागी हुदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

गएराती बोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र बिजुलीको रातो चिमबाट सल्किएको आगोले बाक्सिलाका किशोर दुमी राईको ढुंगा माटोले बनेको टिनको छानो भएको तीनतले घर घर पूर्णरुपमा जलेको हो ।

आगलागीबाट १५ वटा बोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, ४ तोला चाँदी समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए ।

आगलागीबाट सो घरमा सुतिरहेका राईकै १५ वर्षीया भान्जि सरिता तामाङको माथिल्लो भागको अगाडीको २ वटा दाँत भाँचिएको र बायाँ हात फयाक्चर भएको छ । उनको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।

आगोलाई प्रहरी र स्थानीयले आज बिहान २ बजे पूर्णरुपमा नियन्त्रणमा लिएका थिए ।अग्नी पीडितहरुलाई अस्थायी वास स्थानको व्यवस्थापन गर्न छलफल भईरहेको बाक्सिलाका वडाध्यक्ष खड्गबहादुर तामाङले बताए ।

विपतमा नआतिन र विपतमा परेका परिवारलाई सहयोग गरिदिन गाउँपालिका अध्यक्ष समिर राईले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ००:००  ९ : ५३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली