१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने



खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईको संयोजकत्वमा शुक्रबार बसेको जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त भेलाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निणर्य गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ राईले बताउनुभयो।

भूकम्पपीडितको राहतका लागी जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको पाँच दिन बराबर तथा योजना शाखा प्रमुखको चार दिन बराबरको सेवासुविधा उपलब्ध गराउने निणर्य भएको छ । शाखा प्रमुखहरुको तीन दिन, गाउँपालिका र अन्तरगतका कार्यलयमा कार्यरत कर्मचारीहरुको दुई दिन तथा ४९ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दुई दिन बराबरको सुविधा कटाएर भूकम्प पीडितका लागि उपलब्ध गराउने निणर्य भएको जनाइएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत लेखा कर्मचारी, कार्यलय सहयोगी र बाल विकास सहयोगी कार्यकर्ताको एक दिन बराबरको सुविधा उपलब्ध गराउने निणर्य गरिएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट सङ्कलन हुने रकम यही मङ्सिरभित्र भूकम्प पीडितका लागि उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।

गाउँपालिकाको कार्यालयमा बसेको भेलाले सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तह र माध्यमिक तहका गणित विषय शिक्षकहरुको विषयगत क्षमता अभिबृद्धि गर्नका लागि मङ्सिर-२४ गतेदेखि २९ गतेसम्म विषयविज्ञद्वारा तालिम सञ्चालन गर्ने निणर्य गरेको छ ।

सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउने, खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा सौजन्य प्राप्त १४ वटा माध्यमिक विद्यालयको लागि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डाक्टर महाविर पुनद्वारा लिखित महावीर पुन पुस्तक वितरण गरिएको जनाइएको छ । गत १७ कार्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांस घर भत्काएको थियो भने जनधनको ठुलो क्षति भएको थियो ।

यश अघि हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ००:००  ८ : ४३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली