८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल नगरले दिएको समयावधिमा अनावश्यक तार नहटाउने कार्यालयको तार काटिने

दिक्तेल नगरले दिएको समयावधिमा अनावश्यक तार नहटाउने कार्यालयको तार काटिने



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिजुलि,
टेलिफोन नेटजस्ता कार्यमा जडान गरिएका तारहरु बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा अनावश्यक झुण्ड्याइएको तारहरु १५ दिनभित्र हटाउन निर्देशन दिएपनी कार्यान्वयन नगर्ने कार्यालयको तार काट्ने भएको छ ।

नगरपालिकाले नेपाल दुरसञ्चार प्राधिकरण शाखा खोटाङ, नेपाल विद्युत प्राधिकरण,सुबिसु ईन्टरनेट र टेकमाइण्ड नेटवर्क कम्पनीलाई गत असोज ३० गते अनावश्यक तारहरु हटाउन पत्र लेखी पठाएको थियो । तर, नेपाल टेलिकमको कार्यालयले समयमै नगरपालिकाले दिएको निर्देशन कार्यान्वयन एवम् अनावश्यक तारहरु हटाइ आवश्यक तारहरुमा राखेको लिखित जवाफ पेश गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बिरासत खबरलाई बताउनुभयो । टेलिकमले छुटपुट रहेका तारका लठ्ठाहरु अबको १० दिन अर्थात मंसिर १९ गते भित्र व्यबस्थित गर्ने बताएको छ । प्रमुख भट्टराईले भन्नुभयो ।

बजारक्षेत्र तथा सार्वजनिक स्थलहरुमा तारका लठ्ठाहरु झुण्डिएर अशोभनिय देखिनुका साथै करेन्ट लागेर दुर्घटनासमेत हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरले अनावश्यक तारहटाउन निर्देशन दिए पनि सुसिबु ईन्टरनेट,नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र र टेकमाइण्ड नेटवर्कले नगरपालिकाले दिएको निर्देशनलाई वेवास्ता गरेको प्रमुख भट्टराईले बताउनुभयो ।

 

“हामिले पटक-पटक मौखिकरुपमा अनावश्यक तारहरु हटाउन सम्बन्धित कार्यालयलाई भनेका थियौं ।तर, पनि उनिहरुले कार्यान्वयन गरेनन् त्यसपश्चात हामिले लिखित पत्र पठाउदासमेत संम्बन्धित पक्षले वेवास्ता गरेका कारण अब कारबाहीको प्रक्रिया भोलि नै अगाडि बढाउछौं ।”, जथाभावी झुण्याइएका तारहरु नगर हटाउँछ । सो बाट लागेको खर्चसमेत संम्बन्धित पक्षबाट नगरपालिकाले अशुलउपर गर्छ । प्रमुख भट्टराईले भन्नुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ८ : ०१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली