८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमदानमार्फत सिँचाईगेट-माटिकोरेखेलमैदान सडक बनाउन शुरु(भिडियोसहित)

श्रमदानमार्फत सिँचाईगेट-माटिकोरेखेलमैदान सडक बनाउन शुरु(भिडियोसहित)



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदानमार्फत सिंचाईगेट–माटिकोरे खेलमैदान जाने सडक बनाउन सुरु गरेको छ । पूरानो सोलिङ भएका कारण भत्केर धराप भएको सडकलाई नगरपालिकाले सोमबारदेखि श्रमदानमार्फत ढलान गर्नेगरी बनाउन थालेको हो ।

श्रमदानबाट हाललाई ५० मिटर सडक ढलान गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । त्यसका लागि निर्माण व्यवसायी बुईपाका सुनिल राईले ३ लाख बराबरको(२.७ टन) रड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले १ लाख बराबरको(४५ घनमिटर) गिटि, नुनथलाका वडाध्यक्ष भगेश्वर राईले ४० हजार बराबरको बालुवा, दिक्तेलका निर्माण व्यवसायी जोसेफ रिजालले ७० हजार बराबरको २१ घनमिटर बालुवा र दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलले ३ लाख बराबरको ३०० बोरा सिमेन्ट सहयोग गर्नेछन् ।

श्रमदानमा नगरपालिकाका प्रमुख भट्टराई, उपप्रमुख विसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राईसहित नगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल पत्रकार महासंघ, खोटाङ उधोग वाणिज्य संघ, राजनीतिक दल, स्थानीयबासी, दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका प्रतिनिधि र नेपाल सितोरियो कराते संघका १५ जना खेलाडी सहभागी थिए ।


दैनिक सडक प्रयोग गर्नेहरु र सरोकारवालाहरुको उपस्थितीमा श्रमदानमार्फत बनाईने सडकको गुणस्तरमा कुनै समस्या नै नहुने उपप्रमुख राईले बताउनुभयो ।

भीडियो:

https://www.facebook.com/share/v/rwTEoZCdkL2Rkrtg/?mibextid=mSCmai&startTimeMs=2249

सडक बनाउनलाई कोरा जनशक्तिले मात्रै नहुने भएकाले थप काम गर्न मिस्त्री लगाईने मेयर भट्टराईले बताउनुभयो। जुनै पनि काममा राज्यको मुख ताक्ने सोचाईलाई विस्तारै परिवर्तन गर्न र पुर्खाहरुले चाडबाडमा गर्दै आएको श्रमदान परम्परालाई निरन्तता दिन श्रमदान अभियान चलाईएको हो । प्रमुख भट्टराईले भन्नुभयो , ‘श्रमदान अभियान निरन्तर जारी रहन्छ ।’

यो सडक दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका विधार्थी, शिक्षक र कर्मचारीले दैनिक प्रयोग गर्ने सडक हो । यही सडक हुँदै नेपाल सितोरियो कराते संघ, जिल्ला खेलकुद विकास समिति र माटिकोरे खेलमैदानमा खेलाडीहरु ओहोरदोहोर गर्छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ९ : ५० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली