३१ जेष्ठ २०८१, बिहिबार | Fri Jun 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ना होटलमा नुहाउदा–नुहाउदै..!!

रत्ना होटलमा नुहाउदा–नुहाउदै..!!



तीर्थराज भट्टराई

खोटाङ । वि.सं. २०८० साल मंसिर–४ गते साँझ ४ बजेर ५० मिनेटको समयमा बुद्ध एयरको हवाईजहाजमार्फत काठमान्डौबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विसन राई, चित्रकार तथा मुर्तिकार प्राज्ञ धनबहादुर याक्खा, युवा व्यवसायी सुनिल राईसहित हामी विराटनगर उड्यौं। हाम्रो भाग्य सम्झनु पर्छ समयमा उड्यो हवाईजहाज। दर्जनौं पटक नेपाली आकासमा हवाई जहाजको यात्रा गरें तर, दिइएको समयमा कमै उड्ने गर्छन् तर बुद्ध एयरले भने…… । त्यसैले धेरै–धेरै धन्यवाद बुद्ध एयर भन्दै यात्रा शुरू ग¥यौं विराटनगरको ।

करिव २७ वर्ष अगाडिको मेरो राजनीतिक सहकर्मी किरण न्यौपानेसँग काठमान्डौंमा अचानक जम्काभेट भयो हवाइजहाज चढ्ने समयमा। वि.सं.२०५४÷०५५ सालताका सकारात्मक सोच राख्ने बौद्धिक विद्यार्थी नेताको पहिचान बनाउनु भएको थियो । किरण जी ठूलो गैह्रसरकारी संस्थामा कार्यरत हुनुहुँदो रहेछ अहिले । विशेषतः स्वास्थ्य, शिक्षा र खानेपानीमा कामगर्ने रहेछ त्यो संस्थाले । हाम्रो नगरपालिकामा हार्दिकता पूर्वक हातेमालोको लागि प्रश्ताव राखेको छु । उहाँले वातावरण बनाउने आश्वासन दिनुभएको छ मलाई । सफल यात्राको कामना गर्दै हामी बस्यौं हवाइ जहाजको सीटमा ।

३५ मिनेटको उडान पछि हामी झमक्कैको साँझमा पुग्यौं । औधोगिक नगरी विटानगर बस्ने निधो थियो रत्ना होटलमा । पिताजी कृष्णप्रसाद कोइरालाले त्यो जमानामा झाडी फाँडेर स्थापित गर्नुभएको विराटनगर नेपालको दोस्रो ठूलो आधुनिक शहरकोरूपमा कहलिएको छ अहिले । काठमाडौंको तुलनामा खुल्ला र थोरै शान्त भएपनि बढ्दो बसाईं सराई एवम् जनसंख्याको चापले घट्ने कुरै भएन कोको होलो ।

हामी हाम्रो नगरपालिका तथा जिल्लाको विकास निर्माणको जल्दोबल्दो समस्याका चाङ लिएर आएका थियौं विराटनगर । बाटो, पुल, पुलेसो, स्वास्थ्य, शिक्षा, खेलकुद, कला, साहित्य, सङ्गित आदि…..आदि । सँगैमा वि.सं. २०७६ साल जेठ १७ गते प्रदेश सरकार र हाम्रो नगरपालिका बीच बुइपामा १०० फिट अग्लो किराँत राजा एलम्बरको मूर्ति बनाउने समझदारी भएको महत्वपूर्ण कामको अन्यौलता चिर्नै पर्ने बाध्यात्मक अवस्था थियो अर्को उद्देश्य । “नखाउँ भने दिनभरीको शिकार, खाउँभने कान्छा बाउको अनुहार” भने झैं भएको छ हामीलाई यो आयोजना ।

प्रदेशको गौरवको आयोजनाकारूपमा परिभाषित छ तर, काम अलपत्र । समस्या आउनुको पछाडि प्रदेश सरकारको पनि केहि कमजोरी त छ नै तर, त्यो भन्दा धेरै विगतका जनप्रतिनिधिबाट कानुन हातमा लिने दुश्प्रयत्न , अपरिपक्कता र पदिय दम्भ हो कि भन्ने ठम्याई छ मेरो । यो ठम्याई राजनीतिक आग्रह पुर्वाग्रहकोरूपमा विलकुलै परिभाषित गरिएको होइन । प्रदेश सरकारका माननीय पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की, सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र जिम्मेवार कर्मचारी इन्जिनियरको कुरा र विगतका त्रुटीपूर्ण कामकारवाही एवम् कार्ययोजना हेरेर निकालिएको निष्कर्ष हो यो । अत्याधिक नागरिकको आशिर्वाद पाएर जनपक्षिय ढङ्गले निर्वाचित भएर आएको जनप्रतिनिधि हुँ। तर, डेढ वर्षदेखि पुरानो, बिग्रिएको, भत्किएर छिया–छिया भएको, प्रदेश सरकारको नजरमा असफल ठहरिएको आयोजना सम्पन्न गर्न समय खर्चि रहेका छौं अहिले ।

न अघि बढ्न नगरसँग छ बजेट न पछि हट्ने नै ठाउँ छ हामीसँग । हामी निर्वाचित भएर आएपछि २ आ.व.मा बिगतका अधुरो एवम् अपुरो ११–१२ करोड हाराहारी दायीत्व रकम सकार्नु पर्ने बाध्यात्मक अवस्था छ हाम्रो । करिब ४ करोड बजेट विनियोजन गरी सक्दा पनि बुइपाको एलम्बर पार्क निर्माण कार्यको पटक्कै भेटिएको छैन्, जिलिगाँठो । किन यस्तो असहज परिस्थिति भयो ? भन्ने कुरा मैले र उपप्रमुखज्यूले त बुझेकै थियौं विषय बस्तु । तर, पछिल्लो पटक विराटनगरमा एमालेका वरिष्ठ युवा नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की, वर्तमान तथा पूर्वमन्त्रीज्यूहरू र मन्त्रालयका राष्ट्रसेवक कर्मचारीको कुरा सुनेर पक्कै पनि स्पष्ट हुनुभयो होला प्राज्ञ धनबहादुर याक्खा र एमाले प्रदेश सदस्य निर्माण व्यवसायी सुनिल राई पनि । याक्खाजी नेपालको धेरै सम्मानित र प्रतिष्ठित व्याक्ति हो कला, संस्कृतिको क्षेत्रमा । तर, यो आयोजनामा जोडिएकोमा आफुलाई हीनताबोध महशुस भएको बताउनुहुन्छ मलाई  बेलाबेला ।

सम्झौता अनुसार यो आयोजनाका लागि वि.सं. २०७८ सालमा प्रदेश सरकारले दायित्व अनुसारको सझेदारीमा पठाएको बजेट आर्थिक वर्षको अन्त्यमा खर्च गरिसक्नु पर्ने थियो । खर्च हुन नसकेको बजेट प्रदेशमा फिर्ता गर्नुपर्ने तर, दीपनारायण रिजालजी निर्वतमान नगरप्रमुख भएको समयमा आर्थिक नीति विपरित जबर्जस्ति नगरको खातामा बजेट राखिनु नै आयोजनाका लागि अहिले भयो दूर्भाग्य । आर्थिक ऐनमा यो प्रवृतिलाई भनिन्छ नीतिगत भ्रष्टाचारको पराकाष्ठा । मेरो बुझाईमा पछिल्लो पटकको विराटनगरको यात्राबाट अझ धेरै बुझ्नु भएको हुनुपर्छ सुनिलजीले पनि ।

नगरले बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीले सम्झौता गरी काम जिम्मा लिएको आयोजना अलपत्र छोड्न पनि मिलेन भने अर्को तर्फ विश्वकै सबै भन्दा अग्लो किराँत राजा एलम्बरको मूर्ति । धार्मिक, साँस्कृतिक र आस्थाका दृष्टिकोणले पनि गर्नैपर्ने अर्को महत्वपूर्ण छ दायित्व । कामको शिलशिलामा विश्वमा छरिएर बसेका लाखौं किराँत धर्माबलम्वीहरूको आत्मासम्मान र माझ किराँतका हामी तागाधारीहरूका लागि पनि आस्थाको केन्द्र हो यो कार्य योजना । तर, विगतको नगर नेतृत्वको वाध्यता हो वा स्वार्थ पूर्ण अपरिपक्कताका कारण मार खेपिरहेका छौं हामी क्रमागत सरोकारवालाले । योजना सोच्नु मात्रै ठूलो कुरा होइन शुरूवात गरिएको योजनाको सफल सम्पन्नताले मात्रै पु¥याउँछ परिपक्कताको उचाइमा।

यस विषयमा जिम्मेवार सङ्घ संस्था र सम्बन्धित पक्षबाट पक्कै पनि भविष्यमा हुने नै छ तहकिकात र अध्ययन् पनि । अब सबै मिलेर काम सम्पन्न गर्नुको विकल्प पनि छैन् हामीसँग । तर, हामीले गर्नै पर्छ निर्मम समिक्षा र यस्ता महत्वपूर्ण र आस्थाको विषयलाई किन उल्झनमा पार्ने प्रयत्न गरियो । जानेर गरियो वा नजानेर हो, या हो पदिय अभिमानको बल मिच्चाँई । जुनसुकै तप्काको नेतृत्व होस् कानून हातमा लिने छुट छैन् कसैलाई पनि । कानुन हातमा लिएर शक्तिको आडमा गाउँ तहदेखि केन्द्रिय तहसम्म हुने, गरिने यी र यस्तै खाले हर्कत एवम् नीतिगत भ्रष्टाचारले अहिले गणतान्त्रिक व्यवस्था माथि उठ्न थालि सक्यो गम्भीर प्रश्न र सँगैमा भई रहेकोछ प्रहार पनि ।

मंसिर–५ गते विहान मूख्यतः यो र जिल्ला नगरका जल्दाबल्दा समस्या र सरोकारवाला आयोजनाका विषयमा हामीले भेट्यौं, प्रदेश मुख्यमन्त्री माननीय केदार कार्कीजीलाई । विद्यार्थी राजनीति गर्दा देखिका मेरा राजनीतिक सहकर्मी भएका कारणले पनि विषयको गाम्भीर्यता र आयोजनाको चीरफाड गर्ने मिल्यो राम्रै अवसर पनि । धैर्यता पूर्वक हाम्रो कुरा सुनेर मुख्यमन्त्री ज्यूले स्पष्ट भन्नुभयो, “आयोजनालाई पुरा गर्ने दायित्व मेरो र हामी सबैको कर्तब्यबोध सहितको दृष्टिकोणसमेत।”

मन्त्री मण्डल विस्तार, बजेट विनियोजनलगायतका विषय टुङ्गो लगाउन व्यस्त समयमा दर्जनौंको भीडमा पनि हामीलाई प्राथमिकतामा राखेर दिनुभएको समय थियो हाम्रो लागि धेरै मूल्यवान । सेतै फुलेको कपाल, हँसिलो चेहेरा र मन्दमुस्कानसहितको हाउभाउमा धेर्यता पूर्वक कुरा सुनेर परिपक्कताको सूचक पुरा गर्नुभयो मेरो दृष्टिमा । भेट गराउन महत्वपूर्ण भूमिका खेल्ने सचिवालयका मित्र लीलाबलभ घिमिरे र दिवस राजवंशीजीलाई मुरीमुरी धन्यवाद दिएर हामी त्यहाँबाट भयौं विदा ।

पूर्व माननीय विशाल भट्टराईको सम्पर्क सूत्रबाट हामीले पुनः भेट्यौं हिक्मत कार्कीलाई । एक दर्जन माननीयसहित प्रतिपक्ष दलको नेता बस्ने कार्यकक्षमा हाम्रो भयो सामुहिक भेटघाट । विगतदेखिको थियो मेरो उहाँसँग राम्रो चिनजान । हाम्रो विषयलाई गम्भीरता पूर्वक चासो लिँदै सम्बन्धित निकायलाई आयोजनाको गाम्भीर्यता बुझाउँदै बजेट व्यवस्थापनको लागि सबैका सामु गर्नुभयो निर्देशनात्मक आग्रह । थप पहल गर्ने प्रतिबद्धता पछि विदा भयौं हामी ।

दिक्तेलमा जाडो छिप्पिए पनि विराटनगरमा रहेछ राम्रै गर्मी र कम थिएन मच्छड आतङ्क पनि । दिनभरी प्रदेश माननीय, मन्त्री, पूर्व माननीय र विगतका विद्यार्थी राजनीतिक सहकर्मीसँगको बाक्लो भेटघाट, यो आयोजनासँग जोडिएका पर्यटन मन्त्रालयका कर्मचारी साथीहरूसँगको निष्कर्षसहितको भेटपछि ऐतिहासिक थलो विराटनगरस्थित कोइराला निवास तर्फ मोडियो हाम्रो गन्तव्य ।

४–५ जना प्रदेश माननीय सामान्य बैठकमा व्यस्त पायौं निवासमा । हामी सरासर गयौं निवासको माथिल्लो तलामा । वि.सं. २०५५÷०५६ साल ताका देखिका मेरा राजनीतिक सहकर्मी माननीय मानबहादुर लिम्बु र माननीय रामकुमार खत्रीलगायतसँग ग¥यौं नगरको विकास र प्रदेशको सम्भावित राजनीतिक घटनाक्रमका विषयमा भलाकुसारी ।

ओहो ! त्यो कोइराला निवास जुन समय गिरिजाप्रसाद कोइरालाको उपस्थिति रहन्थ्यो त्यो बेला मेला झैं लाग्दथ्यो निवासको कोठा, चोटा र आँगनमा समेत। जमानामा थियो कोइराला निवास राजनीतिक शिक्षालय र देशको राजनीतिलाई लयमा ल्याउने केन्द्र बिन्दु पनि । देश–विदेशका विषयमा बोल्नु प¥यो भने गिरिजाबाबु पुग्नुहुन्थ्यो विराटनगर । र त्यसको भोलि पल्ट सनसनी पूर्ण समाचार प्रकाशित हुन्थे राष्ट्रिय अखबारहरू (पत्र–पत्रिका) मा । म त्यो जमानामा कोइराला निवास पुगिन तर, वीपीको पालामा झन् कस्तो रनघन हुन्थ्यो होला निवासमा ? स्वतः सकिन्छ अहिले पनि परिकल्पना गर्न ।

तर अहिले …! फुँग उडेको चैतको उजाड लाग्दो रूख जस्तो । न राजनीतिक सरगर्मी छ न चहलपहल । म विगतमा १५–२० वर्ष अगाडि पुग्दा देखिने खुल्ला र पहारिलो घाम लाग्ने फूलवारी युक्त आँगनमा अहिले छन् व्यापारिक केन्द्रकोरूपमा अग्ला–अग्ला सिमेन्टको थुप्रोबाट बनेका घरहरू । नेपाली कांग्रेसले सङ्ग्रहालयकोरूपमा विकास गर्ने सोच तत्कालै नबनाए अबको २० वर्ष पछाडि माटोमा विलिन हुन्छ र खण्डहरमा परिणत हुन्छ त्यो इतिहास बोकेको ऐतिहासिक पवित्र थलो । अहिले कांग्रेसका वरिष्ठ नेता आदरणीय शेखर कोइरालाले धानीरहनु भएको छ जसोतसो । जे जति भए पनि उहाँको राजनीतिक सक्रियताले नै धानिएको छ, कोइराला परिवारको शाख र पहिचान तथा निवासको अस्तित्व पनि । करिव १ घण्टाको बसाई पछि बिदा भएर हामी निवासबाट गयौं बासस्थान रत्ना होटलतर्फ ।

हाम्रो सौभाग्य मान्नुपर्छ अर्थशास्त्री, योजना आयोगका पूर्व उपाध्यक्ष आदरणीय जगदिशचन्द्र पोखरेलसँग होटलमा भेट भयो र हामी जनप्रतिनिधिहरूलाई उहाँबाट केहि सुझावसहित सुन्ने अवसर पायौं र साथै  राष्ट्रिय घटनाक्रमको बिश्लेषणात्मक सटिक दृष्टान्त । गणतन्त्रात्मक शासन व्यवस्था र नेता प्रति अहिले फैलिरहेको वितृष्णा हो समग्र शासन व्यवस्था प्रतिको अनास्था । समयमा नै राजनेतिक नेतृत्व र लोकतन्त्रवादीहरूले आत्मासमिक्षा नगर्ने हो भने यो व्यवस्थाको जग डगमगाउनेमा दुविधा देखिंदैन अहिलेको परिस्थिति । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोले हाम्रा गतिविधि र जीवनशैलिको आवश्यकता छ, नागरिकका सामु पारदर्शिता । केहि समयको छलफलपछि हामी करिब रातिको ९ बजे खानाखाएर शुभरात्री भन्दै बिदा भयौं उहाँसँग ।

 

मंसिर–४ गते हवाइजहाजबाट विराटनगर ओर्लिएपछि हामी सिधै गयौं रत्ना होटलमा । जो त्यहाँको चर्चित र फोर स्टार होटलकोरूपमा छ परिचित पनि । होटलमा बस्ने कोठा, भान्सा, सरसफाई, सुत्ने कोठा र कामदारको व्यवहार सन्तोषजनक भएतापनि देखियो अक्षम्य व्यवस्थापन । कतिपय क्षमा दिन सकिने हुन्छन् कमजोरी भने कतिपय बिलकुलै नसकिने हो त्यस्तै घटना घट्यो मंसिर ५ गते रत्ना होटलमा।

कुनै पनि सङ्घ, संस्था र प्रतिष्ठानको उचाई  सानो व्यवस्थापनको कमजोरीले चुलिएको उचाई एकैपटक गल्र्यामगुल्र्लुम ढलेर माटोमा विलिन हुन्छ र सकिन्छ प्रतिष्ठा । ….र पुरानो अवस्थामा पु¥याउन धेरै हम्मेहम्मे पर्छ यस्ता कमजोरी पूर्ण हर्कतले । त्यसैले जिम्मा लिने अधिकारीले संवेदनशील भएर गर्नु पर्छ व्यवस्थापन । प्रायः म विहान ४ बजे उठिसक्छु, यो दिनचर्या हो मेरो । त्यो दिन नित्यकर्म गर्नेक्रममा स्नान गर्न गए र धारा खोलेर शुरू गरें नुहाउन साबुन लगाएको छु मज्जाले शरीरमा । धारा खोलेर आँखा पखाल्न खोज्छु त पानी आउँदैन धारामा । किन अचानक भयो पानी बन्द म परें तिन छक्क ! अब के गर्ने….!! परें बिलख बन्दमा ।

उपप्रमुख विसन राईजी घुरिरहनु भएको थियो मस्त निन्द्रामा  उहाँलाई उठाएर समाधान हुने थिएन अवस्था । समाधान हुनेभए खलबल्याँई दिने थिएं, बिहानको निन्द्रा पनि । एकातिर म छटपटाई रहेको थिएं भने अर्को तर्फ साबुनको रागले पोलिरहेका थिए दुबै आँखा । विकल्प नभएपछि तौलियाले शरीरको साबुन पुछें तर, कुरै भएन सफा हुने । अर्ध नग्न अवस्थामा पानीको खोजिमा छट्पटाई रहें धेरै समय न कपडा लगाउनु न त्यत्तिकै बसिरहनु । अन्यमनस्क अवस्थामा रहेको समयमा बाहिर आधा बाल्टि पानी भेटियो र जेनतेन शरीरमा रहेको चिप्लोपन पखालें मैलें।

विहान ७ बजेतिर व्यवस्थापनको कमजोरीलाई सामान्य मान्न सकिन्न भनेर डाँटे काउन्टरको भाइलाई । विचरा सामान्य परिवारको भाइलाई डाँटेर पो के गर्ने ? जे गल्ति गर्नु गरिहाले अरूले आइन्दा यस्तो असहज अवस्था भोग्नु नपरोस् भन्ने हो मेरो धारणा । व्यवस्थापन गर्नुपर्ने विषय नेतृत्वलाई थहा हुँदैन सम्बन्धित फाँट र व्यक्तिले ध्यान दिने हो सबै । म नगर प्रमुख भएपछि पनि नगरको सम्बन्धित शाखा र व्यक्तिको कारण धेरै पटक आलोचनाको भारी बोक्नु परेको छ । स्वभाविक हो जिम्मेवारी लिनेले जस–अपजस सबै लिन तयार हुनुपर्छ यो नै हो लोकक्तान्त्रिक व्यवस्थाको सुन्दर पक्ष पनि ।

अहिले नगरमा सम्बन्धित फाँटले समयमा नै जानकारी नगराएको र व्यबस्थापन नगरेको कारण पछिल्लो समय पीडाबोध भएको छ मलाई पनि । व्यवस्थापन गर्न असजिलो भयो, समस्या आयो भने नेतृत्वलाई भन्ने हो तर, आफु पनि व्यवस्थापन गर्न नसक्ने र नेतृत्वलाई पनि गुमराहमा राख्नु अक्ष्यम्य गल्ति ठहर्छ । सबै विषय मैले यहाँ खुलाउन आवश्यक ठानिन् । तर, अब आइन्दा जिम्मेवारी लिने नगरका कुनै तहका राष्ट्रसेवक कर्मचारीले यस्तो महत्वपूर्ण र गर्नै पर्ने काममा कन्जुस्याँई नहोस् । तत् शाखा, निकाय र जिम्मेवारी लिने व्यक्तिको कमजोरीले समाजमा शिर झुकाउनु नपरोस् यो हेक्का रहनै पर्छ । व्यवस्थापनको कमजोरीले अहिले विराटनगरको प्रतिष्ठित रत्ना होटलका विषयमा लेख्नुपर्ने भयो मैले । करोडौं लगानी गरेर बनाएको प्रतिष्ठित होटलको व्यवस्थापन गर्ने पात्रको गम्भीर लापरवाहीको कारण मैले लेख्नुप¥यो आलेख नै ।

विराटनगरको विषय लेखेर सबै तिरको विषयलाई जोड्ने अवसर पनि मिल्यो मलाई । कुनै पनि नकारात्मक कामबाट सकारात्मक सिर्जना हुने गर्दछन् र मलाई यस्तै जुऱ्यो रत्ना होटलको गम्भीर कमजोरीबाट ।

अन्त्यमा, ५ गते  रत्ना होटल छोड्यौं हामीले र विराटनगरस्थित बिग होटलमा निधो ग¥यौं बस्ने । ६ गते विहानै सामान्य भेटघाटपछि खानाखाएर गयौं विमानस्थल काठमाडौं जानका लागि । श्री एयरको थियो टिकट हाम्रो । करिब सवा घण्टाको समय बर्वादी भयो हाम्रो हवाईजहाजको प्रतिक्षामा। विराटनगरस्थित फोर स्टार रत्ना होटलमा नुहाउदा–नुहाउदै घटेको असहज परिस्थितीलाई कैद गरेको थिएं मनमस्तिष्कमा । र निधो गरें रत्ना होटललाई सुधार्नका लागि पनि यथार्थ विषय पाठक सामु पु¥याउनुपर्छ मैले।

मैले रत्ना होटलको व्यवस्थापनको गैह्र जिम्मेवारीको विषय लेख्न लागेको जानकारी गराउँदा आलेखको शिर्षक जुराई दिने मित्र धनुजी, विसनजी र म विराटनगरलाई बाई–बाई गर्दै उड्यौं काठमाडौंतर्फ । त्यहींबाट कैद गर्न थालें रत्ना होटलको गैह्र जिम्मेवारीलाई सूत्रबद्ध गर्नेकाम र आलेख बन्यो रत्ना होटलमा नुहाउदा–नुहाउदै ।

धन्यवाद ।
लेखकः तीर्थराज भट्टराई दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका नगरप्रमुख हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ४ : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली