८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलीबाट पुर्वी स्टार गायन प्रतियोगिताको अनलाइन आवेदन खुला

भोलीबाट पुर्वी स्टार गायन प्रतियोगिताको अनलाइन आवेदन खुला



खोटाङ । पुर्वी स्टार गायन प्रतियोगिताको अनलाइन आवेदन भोलिबाट खुला हुने भएको छ । हाङ अनलाइन म्युजिक प्रालि तेह्रथुमको आयोजना तथा तेह्रथुम मिडिया प्रालिको अफिसियल पार्टनरमा हुने गायन प्रतियोगिताको अनलाइन आवेदन भोलीबाट मंसिर मसान्तसम्म खुला हुनेछ । गायन प्रतियोगिताको प्रचारप्रसार गर्दै जिल्ला दौडाह अन्तर्गत खोटाङ आईपुगेका आयोजकले नेपाल पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा बिहीबार दिक्तेलस्थित थ्री ब्रदर्श होटलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारेमा जानकारी गराएका हुन् ।

प्रतियोगितामा सहभागी हुनका लागि मंसिर १५ गतेबाट मंसिर ३० गतेसम्म ह्वाटएप्सबाट अनलाइन आवेदन दिन सकिनेछ । त्यसका लागि ९८४२४२६२०६ र ९८६९७५५२५५ फोन नम्बर सार्वजनिक गरिएको पुर्वी स्टार गायन प्रतियोगिताका निर्देशक टिआर लिम्बुले जानकारी दिए । लिम्बुका अनुसार प्रतियोगिताको नामले पुर्वकाले मात्रै सहभागी हुन पाउने जस्तो सुनिए पनि प्रतियोगिताका लागि नेपालसहित भारतको बर्मासम्म बसोबास गर्ने नेपालीहरुले अनलाइन आवेदन दिन सकिनेछ । अनलाइन आवेदन शुल्क एक हजार तोकिएको छ ।

अनलाइन आवेदन दिएपछि प्रतियोगीहरुले बिना ट्रयाक र त्यसपछि ट्रयाकमा गीत गाएर ह्वाटएप्समा पठाउनुपर्नेछ । ट्रयाक राउण्डबाट उत्कृष्ट २० छानिने छ । छानिएका उत्कृष्ट २० जनालाई सुनसरीको धरानमा हुने लाइभ राउण्डमा सहभागी गराईनेछ । उत्कृष्ट २० लार्ई आउनजान, बस्न र खानाको सम्पूर्ण व्यवस्था आयोजकले गर्ने पुर्वी स्टार गायन प्रतियोगिताका संयोजक सुमन लिम्बुले बताए ।

उत्कृष्ट २० बाट उत्कृष्ट १० र उत्कृष्ट ५ मा झारेर विजेता घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद चार लाखसहित एक तोलामाथिको सुनको सिक्रि, प्रमाणपत्र, ट्रफि र एउटा गित रेकर्ड गर्न पाउनेछन् । दोश्रो हुनेले एक लाख ५० हजारसहित प्रमाणपत्र, ट्रफि र एउटा गित रेकर्ड गर्न पाउनेछन् । तेश्रोले ५० हजारसहित ट्रफि, प्रमाण प्राप्त गर्नेछन् ।

लाइभ राउण्डमा उत्कृष्ट प्रस्तुती गर्नेलाई १ थान गिटार प्रदान गरिने र प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई देश तथा विदेशका सांगितिक भ्रमणको व्यवस्था मिलाईने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ४ : ३४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली