८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप : खोटाङका तीन खेलाडीले पदक जिते

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप : खोटाङका तीन खेलाडीले पदक जिते



खोटाङ । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप प्रतियोगीतामा खोटाङका तीन खेलाडीले पदक जितेका छन् । राष्ट्रिय खेदकुद परिषद (राखेप) को काठमाडौं त्रिपुरेश्वरस्थित कबर्डहलमा मंसिर १७ गते सम्पन्न प्रतियोगीतामा नेपालकातर्फबाट खोटाङका युमासाम राईले माइनस ६८ केजी कुमितेमा स्वर्ण र टिम कुमितेमा एक स्वर्ण जितेकी हुन्।

यस्तै, रुरिहाङ दुमी राईले माइनस ७५ केजी कुमितेमा एक रजत र टिम कुमितेमा एक रजत जितेका छन् । जुनियरतर्फ ५० केजी कुमितेमा दिपेश राईले एक कास्य पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजूले बताउनुभयो ।

नेपाल सहित भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तानका गरी २३७ खेलाडीको सहभागीता रहेको प्रतियोगीतामा खोटाङका तीन खेलाडीले पदक जितेर इतिहास रचेका हुन् । तीन खेलाडीको विजय जिल्लाकै अहिलेसम्मकै ठूलो उपलव्धी भएको कसजूले बताए । दोहोरो स्वर्ण जित्ने युमासाम पाथेका, रुरीहाङ जालपा र दिपेश हलेसी निवासी हुन् ।नेपाल सितोरियो कराते महासंघले आयोजना गरेको प्रतियोगीतामा २९ स्वर्ण, २६ रजत र ६ कास्य जितेर नेपाल च्याम्पियन बनेको छ । २५ स्वर्ण, २२ रजत र १७ कास्य सहित भारत दोश्रो र ६ स्वर्ण, ७ रजत र १४ कास्य सहित बंगदलादेश तेश्रो भएका छन् ।

खेलकुदको क्षेत्रमा पर्याप्त योजना तथा बजेटको व्यवस्था नभए पनि जिल्लाका तीन खेलाडी पहिलोपल्ट राष्ट्रिय टिममा छनौट भएका थिए । उनीहरु साउथ एसियन कराते च्याम्पियनसीप र सन् २०२४ मा थाइल्याण्डमा हुने छैठौं एसियन इन्डोर मार्सल आर्टस् प्रतियोगीतामा सहभागी हुन पाउने गरी राष्ट्रिय टिममा छनौट भएका थिए ।

साभार : नेपाल वाइड

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ००:००  ११ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली