१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाक्सिला बजारमा नियम विपरित सञ्चालन गरिएको एक मेडिकल शिल

बाक्सिला बजारमा नियम विपरित सञ्चालन गरिएको एक मेडिकल शिल



खोटाङ । केपिलासगढी गाउँपालिकामा नियम विपरित सञ्चालन गरिएको एक मेडिकललाई शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाक्सिला बजारमा दर्ता नगरी सञ्चालन भइरहेको मेडिकल शिलबन्दी गरेको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाको स्वास्थ्य शाखा, उद्योग बाणिज्य संघ शाखा बाक्सिला लगायतको टोलीले पुस १४ गते गरेको संयुक्त अनुगमनका क्रममा बिना दर्ता खोलिएका मेडिकल शिल गरेको हो । सो मेडिकल बिश्वबिना राईले सञ्चालन गर्दैआएकी छन् ।

यसअघिको अनुगमनका क्रममा दर्ता नगरेको पाइएपछि दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न दिइएको निर्देश पालना नगरेको पाइएपछि शिलबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले बताउनुभयो । नेपाल सरकारले निर्धारण गरेको फार्मेसी सञ्चालन सम्वन्धी मापदण्ड पुरा नगरेसम्मका लागि मेडिकल शिल गरिएको बताइएको छ । आवश्यक प्रकृया पुरा गरेर कागजात देखाएपछि मात्र शिलबन्दी खोलिने अनुगमन टोलीले जनाएको छ । बाक्सिला बजारमा खोलिएका अर्को मेडिकल भने शनिबारका दिन बन्द रहेको पाइएको उद्योग अधिकृत खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार ००:००  १ : ३२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली