२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रम

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता

अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रम

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अपाङगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच अपाङगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि शनिबार सम्झौता गरेको हो ।
तीन वर्षे कार्यक्रमका लागि जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिकाको तर्फबाट नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनका व्यावस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसनको सहकार्यमा आगामी माघ १ गतेदेखि २०८३ पुस मसान्तसम्म अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको हो ।

अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका नगरपालिकामा करूणा फाउण्डेसनको लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्र्थापना कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि दुवै पक्षबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै,अपाङ्गता भएका व्यक्तिहरूको संस्था समूह गठन र उनीहरूको सशक्तीकरण, जनचेतना साथै पहँचयुक्त भौतिक संरचना र वातावरण तय गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघको प्रदेश समिति र नगरपालिकास्थित अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको सहयोग तथा सहजीकरणमा गर्ने, नगरपालिकाले कार्यक्रम अवधिभर सार्वजनिक भवनहरू तथा स्थलहरूलाई सबैको पहुँचयुक्त बनाउने र आफ्नो पालिकालाई पहुँचयुक्त स्थानीय तह घोषणाको लागि पहलकदमी लिने सम्झौता गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पालिका संयोजक  अनिता कोईरालाले बताइन् ।

प्रथम पक्षले सम्झौता बमोजिम कार्यक्रमको अवधि सकिएपछि प्रदेश सरकार, संघिय सरकार तथा अन्य साझेदारहरुको सहयोगमा कार्यक्रमलाई निरन्तरता दिने सम्झौता गरिएको छ । फाउन्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेको छ ।

नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी, २००६ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम (सञ्चालन) निर्देशिका, २०७६ बमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसनबीच २०७६ असोज ८ गते भएको सम्झौता अनुसार नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

यस्तै, कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउन्डेसनको ५० प्रतिशत लगानीबाट खरीद गरिएको वाद्यवादनका सामाग्रीहरु स्थानीय साईनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ। पछि दुई थान गितार दिनेगरी आज तीन थान गितार,  हारमोनियम एकवटा, मादल दुईवटा, तवला एकवटा, बाँसुरी एक दर्जन, सारङगी र किवोर्ड एक–एकवटा हस्तान्तरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख इरन राईले बताईन्।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार ००:००  ५ : २३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली