९ श्रावण २०८१, बुधबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐसेलुखर्क : कृषि मेला प्रदर्शनीमा ८७ जना कृषक सम्मानित

ऐसेलुखर्क : कृषि मेला प्रदर्शनीमा ८७ जना कृषक सम्मानित



खोटाङ, ८ माघ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा ८७ जना कृषक सम्मानित भएका छन् । जि-फाउन्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुई दिने कृषि मेला प्रदर्शनी कार्यक्रम समापनको अवसरमा सोमबार विभिन्न २७ विद्यामा उत्कृष्ट भएका ८७ जना कृषकलाई सम्मान गरिएको हो ।

सम्मानित हुने कृषकलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, उपप्रमुख राजेशकुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा र प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले संयुक्तरुपमा प्रमाणपत्रसहित कृषि औजार तथा कृषि सामग्रीहरु प्रदान गर्नुभएको छ । कृषि मेला प्रदर्शनी कार्यक्रममा विभिन्न चार विद्यामा प्रथम स्थान हासिल गर्नुहुने वडा नं. ७ माक्पाकी सर्वोत्कृष्ट महिला कृषक डिल्लीमायाँ राईलाई नगद तीन हजारसहित पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले जानकारी दिनुभएको छ ।

कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कृषकलाई क्रमशः  तीन हजार, दुई हजार ५००,  दुई हजार र ८०० मूल्य बराबरको कृषि सामग्री प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट कृषकलाई कोदालो, झम्पल, ड्रम, पाइप, सिकेचर, स्प्रिङकल, क्यारेट लगायतका कृषि सामग्री प्रदान गरिएको हो ।

‘ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित कृषि मेला प्रदर्शनी कार्यक्रममा १४१ जना कृषकले विभिन्न विद्याका स्टल राखेका थिए । ऐसेलुखर्क बजारमा आयोजित मेलामा नगदेबाली, फलफूल तथा तरकारीबाली प्रदर्शनीमा राखिएको थियो ।

कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले हरेक वर्ष कृषि मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष आयोजना गरिने कृषि मेला प्रदर्शनी कार्यक्रमले कृषकलाई हौसला प्रदान गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार ००:००  ७ : १४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली