११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालोबजारीको पेट्रोल खोटाङका पसलमा छ्यापछ्याप्ती, तेब्बर मुल्य लिएर ठग्छन् उपभोक्ता !

कालोबजारीको पेट्रोल खोटाङका पसलमा छ्यापछ्याप्ती, तेब्बर मुल्य लिएर ठग्छन् उपभोक्ता !



सन्तोश पौडेल

खोटाङ, ११ माघ । जिल्लामा अबैधरुपमा पेट्रोलियम पदार्थ बेचबिक्री भएको पाइएको छ । व्यापारी तथा व्यवसायीहरुले अबैधरुपमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएको हो । अधिकांस पसलहरुमा सवारीसाधन मोटरसाईकलमा प्रयोग हुने पेट्रोल अबैधानिकरुपमा बिक्री वितरण भइरहेको खुलासा भएको हो ।

सदरमुकाम दिक्तेल र हलेसीमा मात्रै पेट्रोलयम पदार्थ बिक्री गर्ने आधिकारिक पेट्रोलपम्प छ । सो पेट्रोलपम्पमा नेपाल आयल निगमले तोकेको मुल्यमा पेट्रोल पाइएपनि व्यापारी तथा व्यवसायीहरुले तिनै पेट्रोलपम्पबाट पेट्रोल खरिद गरेर तेब्बर मुल्यमा उपभोक्तालाई बेचिरहेको पाइएको हो । खासगरि खुद्रा पसल सञ्चालकले साढे २ लिटर जम्बुड्यूको बोत्तलमा पेट्रोल भरेर ४ सय ७० देखी ७ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको स्रोतको दावि छ । जबकि, यो समाचार तयार पार्दासम्म आयल निगमले तोेकेअनुसार खोटाङका पेट्रोलपम्पमा प्रतिलिटर १ सय ७१ दशमलव ५० पैसा मात्रै मुल्य छ ।

‘व्यापारीहरुले दिनानुदिन अबैधरुपमा पेट्रोल बेच्छन्, खोजी गरी कारवाही गर्न कोही लागिपर्दैनन्, पम्पबाट पेट्रोल ल्याएर तेब्बर मुल्य लिएर कालोबजारी गरिहेका छन्, उपभोक्ता त्यहि तेल किन्न बाध्य छन्।’ स्रोतले जानकारी दियो ।कतिपय बाहिरबाट दिक्तेबजार तथा हलेसी दर्शन गर्न आएका मानिसलाई पेट्रोलपम्प कहाँ छ भन्ने नै थाहा छैन्, दिक्तेलमा भएको एउटा पेट्रोलपम्पपनि बजारभन्दा पर एकान्तमा छ। त्यसैले उपभोक्ताले कालोबजारी गरेको पेट्रोल किन्न उनीहरु बाध्य छन् ।

बजारमा जताततै पेट्रोलपम्प नहुनुले पनि व्यापारी तथा व्यवसायीहरुले त्यसको फाइदा उठाइरहेको पाइएको हो । अझ गाउँघरमा त एक जम्बो तेल हाल्न सक्ने स्थिति नै छैन् । मध्यपहाडी लोकमार्ग सडकले जिल्लालाई छोएका कारण सवारीसाधनको चाप त छँदैछ मुलुकमा आएको संघीयतासँगै गाउँ–गाउँमा सवारीको पहुँच बढ्दो अवस्थामा छ । सवारीसाधनको चापसँगै इन्धन तथा पेट्रोलियम पदार्थको खपत पनि उत्तिकै बढ्दो छ । तर, अबैधरुपमा भइरहेको पेट्रोलियम पदार्थ बेचबिक्रीलाई न्युनिकरण गर्न सम्बन्धित निकाय बेखबर छ ।

पेट्रोलियम पदार्थ खुलेआम अबैधानिकरुपमा बेचबिक्री गर्न प्रतिवन्ध छ । पेट्रोलियम पदार्थको अबैधरुपमा बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून कारबाही हुने प्रावधान छ । पेट्रोलियम पदार्थ खुला रुपमा बिक्री गर्दा, असुरक्षित ओसार–पसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवम् भौतिक क्षतिसमेत हुने जोखिम छ । उसोत, पेट्रोलपम्पबाट पनि खुला रूपमा बोत्तल, जर्किन लगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण गर्न पाइदैंन्। पेट्रोलपम्पले सधैं सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा बिक्री वितरण गर्न मनाही गरिएको छ । ‘उपभोक्ता ठगिएकोबारे कुनै पनि गुनासो हामी कहाँ आएको छैन् । खुद्रा पसलका व्यापारीले बोटलमा पेट्रोल भरेर विक्री वितरण गरेका रहेछन् भने अनुगमन गरेर कारवाही गर्छौं। कालोबजारी गर्नु नियम विपरित हो, चाँडै एक्सन लिन्छौं ।’ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताए।

‘व्यापारीले अबैधरुपमा बोटलमा पेट्रोल भरेर बेचेको हामीले पनि देखेका छौं। हामिले पनि किनेका छौं । कालोबजारी गरेर उपभोक्तालाई ठग्ने प्रवृति मौलाएको छ। हामी नियमन गर्न लाग्छौं।’ खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्यले भने। यसरी खुलेआमरुपमा व्यापारी तथा व्यवसायीहरुले उपभोक्तामाथि कालोबजारी गरिरहँदा सम्बन्धित निकायले नियमनको कदम चाल्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार ००:००  ४ : ०५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली