८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक तथा संगीतकार हर्क गदालको मेरो कालीको बोलको म्यूजिक भिडियो सार्वजनिक

गायक तथा संगीतकार हर्क गदालको मेरो कालीको बोलको म्यूजिक भिडियो सार्वजनिक



खोटाङ । खोटाङका गायक तथा संगीतकार हर्क गदालको मेरो कालीको बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । २०६३ सालदेखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत गदालको लोक दोहोरी गीतको म्यूजिक भिडियो सोमबार दिक्तेलस्थित साइनो कला केन्द्रको कार्यालयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले ल्यापटपमा प्ले गरेर लोकार्पण गरेका छन् ।

लोकार्पण गरिएको म्यूजिक भिडियोलाई खोटाङ म्यूजिकको युटुव च्यानलमा अपलोड गरिएको छ । पूर्व पश्चिमको प्रेम सम्वन्धलाई देखाइएको गीतमा गदाल र शान्तिश्री परियारको स्वर रहेको छ ।

गदालकै शव्द र संगीत रहेको सो गीत स्टुडियो किङमा रकेर्ड गरिएको हो । गदाल र परियारलाई कोरसमा मनोज साङ्सोन राई, सुरेश राई, लिला राई र निरन्ता नेम्बाङले साथ दिएका छन् । करिब ११ मिनेट लामो गीतको म्यूजिक भिडियो ज्ञानेन्द्र (कमेडी) बिकको निर्देशनमा तयार पारिएको हो ।

मोफसलका कलाकारको प्रयत्नमा बनेको म्यूजिक भिडियोमा अन्योल राईले कोरियोग्राफी गरेका छन् । खोटाङकै खाल्लेस्थित कात्तिके, शुभम फाउण्डेसन, मझुवागढी लगायतका ठाउँमा छायाङ्कन गरिएको म्यूजिक भिडियोमा पर्शु गजमेर, सारा बिक, राजेश तामाङ, प्रमिला रम्तेल, सुजता रिजाल, केदार अनुरागी, नुरकाजी सैंजु, दुर्ग रसाईली, पदम हिङमाङ र पूर्ण परियारको अभिनय रहेको छ ।

कोरसमा सुर्यहाङ राई, मिरुम राई, अनुशिल राई, प्राथाना राई, सुशिल राई र प्रविन गदालको अभिनय देख्न सकिन्छ । म्यूजिक भिडियोको छायांकन पदम बर्मशाखा र सुमन बिकले गरेका हुन् ।

गीतको एरेञ्ज मनोज साङ्सोन राईले गरेका हुन् । मनोज साङ्सोन र सुरेश राई रेकर्डिस्ट रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् । म्यूजिक भिडियो साइनो कला केन्द्रका अध्यक्ष भक्त विकको सभापतित्वमा लोकार्पण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्ले निवासी गदालको २०७८ सालमा गाउँमै रमाउने हो, २०७६ मा पञ्चेबाजार बस्छु सँधै रोई बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको थियो ।

यस्तै, २०७५ असोजमा धेरै दुःख पाइयो र बाटोमा हिँडियो बोलको लोक गीत, २०७४ मा मायाँ पिरती लाउनु र २०७३ सालमा पसिनाले बसेँ रुझेर बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको थियो । उनले २०६३ सालमा धोका पाको छु र यो मन रोइरहने बोलको गीत बजारमा ल्याएका थिए ।

भीडियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार ००:००  १२ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली