८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई वर्षमा पनि बनेन वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन

दुई वर्षमा पनि बनेन वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन



खोटाङ । वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काममा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेको पाइएको छ । वडा नम्बर–४ फाक्टाङस्थित धर्तुङमा निर्माणाधीन अवस्थामा रहेको प्रशासनिक भवन गत बैसाखमै भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने भए पनि ठेकेदार कम्पनिको चरम ढिलासुस्तीका कारण प्रशासनिक भवन निर्माणको काम हालसम्म ५५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

वि।सं।२०८० बैसाख ६ गतेसम्ममा सम्पन्न गर्नेगरी कौशिल बस्नेत निर्माण सेवा प्रालि बानेश्वर, काठमाडौंले मूल्य अभिबृद्धि करसहित पाँच करोड ६९ लाख ७० हजार ३९२ रुपैयाँमा गत वि.सं.२०७८ कात्तिक ७ गते प्रशासनिक भवन निर्माणको सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत मात्रै भुक्तानी लिएको गाउँपालिकाका सूचना अधिकारी रमेश पोख्रेलले जानकारीदिनुभयो । सम्झौता गरिएको मितिमा भवन निर्माण गर्न नसकेको निर्माण कम्पनीले प्रथम पटक थप भएको नौ महिना म्याद समेत गुजारिसकेको छ ।

सूचना अधिकारी पोख्रेलका अनुसार `प्रथम पटक थप भएको म्याद गत माघ ६ गते सकिएको छ । प्रथम पटक थप भएको म्याद गुज्रेपछि पुःन आगामी बैसाख ५ गतेसम्मका लागि तीन महिनाको दोश्रो म्याद थप गरेका छौं। उहाँले भन्नुभयो, “निर्माण कम्पनीले भवन निर्माणको काममा चरम ढिलासुस्ती गरेपछि पटक–पटक पत्राचार गरेर ताकेता गरेपछी निर्माण कम्पनिले भवनको तीन तला ढलान गरेर पर्खाल हाल्ने, प्लाष्टर गर्ने लगायतका काम गरिरहेको छ ।´´

स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि ९८ लाख खर्च गरेर गाउँपालिकाको प्रि–फ्याव भवन निर्माण गरिएको थियो । सोही प्रि–फ्याव भवनसँगै पक्की प्रशासनिक भवन निर्माण सुरु गरिएको हो ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार ००:००  १२ : २७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली