२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु



खोटाङ, २० फागुन । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित देविटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको छ । दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१७–००६ ख २४०२ नम्बरको टिपरले स ९ प १२१२ नम्बरको मोटरसाइकललाई आइतबार अर्खौलेको कामीडाँडामा ठक्कर दिँदा टंकलको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक पदम कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका टंकल मङ्गलटारबाट हलेसी हुँदै दिक्तेल जानेक्रममा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा टंकलको मृत्यु भएपछि आफन्तहरुले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका छन् । घटनाको बारेमा सत्यतथ्य छानबिनगरी दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तीको व्यवस्था गर्न माग गर्दै आफन्तले सडक अवरुद्ध गरेका हुन् ।

घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी कार्कीले बताउनुभएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय हलेसीको टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  १ : ३५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली