८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरस्वती माविले विभिन्न कार्यक्रम गर्दै मनायो ६४ औं वार्षिकोत्सव

सरस्वती माविले विभिन्न कार्यक्रम गर्दै मनायो ६४ औं वार्षिकोत्सव



खोटाङ, २४ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविले विभिन्न कार्यक्रम गर्दै ६४ औं वार्षिकोत्सव मनाएको छ । २०१७ सालमा स्थापना गरिएको विद्यालयले मंगलबार र बुधबार धुमधामका साथ हाजिरीजवाफ, बादविबाद, वक्तृत्वकला, म्यूजिकल चेयर, बेलुन फुटाउने प्रतियोगीता, छात्रबृत्ति वितरण, विद्यार्थीको प्रतिभा तथा पोषण सम्वन्धी प्रदर्शनी, सहयोगी अभिभावकलाई सम्मान, सांगीतिक लगायतका कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समापनको अवसरमा एक लाख राशीको ‘शर्मानन्द–तारा अक्षयकोष’बाट १२ जना उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । पुर्वप्रअ शर्मानन्द खनालले २०७२ सालमा स्थापना गरेको अक्षयकोषको व्याजबाट कक्षा १ का प्रतिक्षा राई, कक्षा २ का अन्जना भुजेल, कक्षा ३ का बिवश श्रेष्ठ, कक्षा ४ का डेनिश श्रेष्ठ, कक्षा ५ का देविका राई, कक्षा ६ का आशिका सुवेदी, कक्षा ७ का भावना पुरी, कक्षा ८ का जेनिशा श्रेष्ठ, कक्षा ९ का सुविन गिरी, कक्षा १० का वर्षा श्रेष्ठ, कक्षा ११ का रोशिका श्रेष्ठ र कक्षा १२ का निक्की राईलाई जनही एक हजारका दरले छात्रबृत्ति प्रदान गरिएको हो । कार्यक्रममा उपस्थित अक्षयकोष स्थापनाकर्ता एवं पुर्वप्रअ खनालले उत्कृष्ट छात्र÷छात्रालाई छात्रबृत्ति रकम हस्तान्तरण गरेका थिए ।

खड्ग–हिरा छात्रबृत्ति अक्षयकोष स्थापना

यस्तै, निवर्तमान प्रअ डिकबीर राईले ५५ हजार ५५५ रुपैयाँ राशीको खड्ग–हिरा छात्रबृत्ति अक्षयकोष स्थापना गरेका छन् । हरेक वर्ष एसइईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने एक विद्यार्थीलाई व्याजबाट छात्रबृत्ति प्रदान गर्नेगरी निवर्तमान प्रअ राईले अक्षयकोष स्थापना गरेका हुन् । निवर्तमान प्रअ राईले प्रअ नविन चाम्लिङलाई कोष स्थापनाका लागि रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा छात्र÷छात्राले तयार पारेका हस्तनिर्मित सामग्रीहरु प्रदर्शनमा राखिएको थियो । छात्र÷छात्राको प्रतिभा एवं सिर्जनालाई संकलन गरेर विद्यालयको एउटा कोठामा प्रदर्शनी आयोजना गरिएको थियो । यस्तै, पोषण सम्वन्धी जानकारी दिन पोषिलो खानेकुराको अलग्गै स्टल प्रदर्शनमा राखिएको थियो ।

विद्यालयले निवर्तमान प्रअ डिकबीर राई, रानीखोटे सामुदायीक वन उपभोक्ता समिति लगायतलाई सम्मान गरेको छ । १२ थान बुक ¥याक, १२ थान सुचना पार्टी, कम्प्यूटर कक्षाका लागि कार्पेट र झ्याल ढोकाका लागि पर्दा प्रायोजन गरेकोमा सामुदायीक वनलाई सम्मान गरिएको प्रअ चाम्लिङले बताए । यस्तै, दुई÷दुई थान कुर्सी र कक्षा १ देखि कक्षा ५ का छात्रछात्रा लागि स्टेशनरी उपलव्ध गराउने अभिभावक जमुना श्रेष्ठ र निर्मला राई, पुरस्कार प्रायोजन लगायतका लागि सात हजार बराबरको सहयोग गर्ने दुर्गाकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुलाई मेयर राईले सम्मान–पत्र हस्तान्तरण गरेकी थिईन् । वार्षिकोत्सवको अवसरमा कक्षा १ देखि कक्षा ५ सम्मका छात्रछात्रा बीचको वडास्तरिय हाजिरीजवाफ प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने सरस्वती मावि, द्धितीय स्थान प्राप्त गर्ने कालिका आवि र तृतीय स्थान प्राप्त गर्न सफल हिमगंगा आविलाई पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थी बीचको अन्तर सदन बादबिबाद प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने भावना गिरी (कञ्चनजङ्घा), द्वितीय स्थान प्राप्त गर्ने माधव श्रेष्ठ (ल्होत्से) र तृतीय स्थान प्राप्त गर्ने आशिश राई (कञ्चनजङ्घा)लाई पुरस्कार प्रदान गरिएको छ । कक्षा ९ देखि कक्षा १२ सम्मको अन्तर सदन वक्तृत्व कलामा प्रथम स्थान प्राप्त गर्ने कन्चन पुरी (ल्होत्से), द्वितीय स्थान प्राप्त गर्ने एलिना राई (कन्चनजङ्घा) र तृतीय स्थान प्राप्त गर्ने जेनिशा श्रेष्ठ (मकालु)लाई पुरस्कार प्रदान गरिएको छ ।

कक्षा १ देखि कक्षा ५ सम्मको बेलुन फुटाउने खेलमा कक्षा ४ का तोसन राई प्रथम, कक्षा ४ कै बसन्त श्रेष्ठ द्धितीय र कक्षा २ का निश्मा श्रेष्ठ तृतीय भएका छन् । म्यूजिकल चेयरमा कक्षा ६ का जमुना सुबेदी प्रथम, कक्षा ६ का चिना गिरी द्वितीय र कक्षा ८ का रुपा राई तृतीय भएकी छन् । विद्यागततर्फ कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीमध्ये कक्षा ३ का रहिल बिकले जेहेन्दार र कक्षा ५ का विविशा राईले अनुशासित पुरस्कार पाएका छन् । कक्षा ६ देखि कक्षा ८ सम्मका छात्रछात्रामध्ये कक्षा ८ का भावना पुरीले जेहेन्दार र कक्षा ८ कै देविन गिरीले अनुशासित पुरस्कार पाएका छन् । मावि तहमा जेनिशा श्रेष्ठलाई जेहेन्दार र सावित्रा रम्तेललाई अनुशासित पुरस्कार प्रदान गरिएको छ । यस्तै, कन्चनजङ्घा सदनलाई सर्वोत्कृष्ट सदनको पुरस्कार प्रदान गरिएको प्रअ चाम्लिङले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । सरस्वती माविले स्काउट कार्यक्रम, अभिभावक भिजिट कार्ड, पुस्तकालय स्थापनार्थ जन्मदिनमा पुस्तक हस्तान्तरण कार्यक्रम गर्दैआएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ००:००  २ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली