१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ : १६ महिला पाठेघर शल्यक्रियाका लागि प्रसूति गृह थापाथलीमा

दिप्रुङ : १६ महिला पाठेघर शल्यक्रियाका लागि प्रसूति गृह थापाथलीमा



खोटाङ, ८ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका १६ जना महिलालाई निःशुल्क उपचार तथा शल्यक्रिया (अप्रेशन)का लागि काठमाडौँस्थित अस्पताल लगेको छ । गाउँपालिकाले गत माघमा सञ्चालन गरेको प्रजनन स्वास्थ्य रुग्नता सम्बन्धी स्क्रीनिङ शिविमार्फत पहिचान गरिएका १६ जना पाठेघर रोगी महिलालाई अप्रेशनका लागि काठमाडौँस्थित प्रसूति गृह थापाथली लगिएको हो ।

प्रजनन् स्वास्थ्य रुग्नता सम्बन्धी स्क्रीनिङ शिविरमार्फत अप्रेशनका लागि १७ जना पहिचान गरिएकामा एकजनाले व्यक्तिगत कामका लागि भारत गएकाबेला उपचार गराइसकेकाले १६ जनालाई प्रसूति गृह थापाथली लगिएको गाउँपालिका उपप्रमुख अरुणा थापामगरले जानकारी दिनुभएको छ । पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले निःशुःल्क उपचार गर्नेगरी गाडीको व्यवस्था गरेर काठमाडौँ लगेको हो ।

अस्पतालबाट अल्ट्रासाउण्डको रिपोर्ट पनि आइसकेको गाउँपालिकाका सिनियर अनमी निरीक्षक चन्द्रमायाँ राईले जानकारी दिनुभएको छ । “पाठेघरको मुखको पानीको जाँचको रिपोर्ट आउन हप्ता दिन समय लाग्ने बताइएको छ । आठ जनालाई प्रेसर र एक जनालाई थाइराइडको समस्या देखिएकाले थप रगत परीक्षण गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “सबै परीक्षणको रिपोर्ट आएपछि अप्रेशन गर्ने टुङ्गो लाग्छ । अहिले ल्याइएका सबै जनाको निःशुल्क उपचार गराएर फर्काउँछौँ ।”

पाठेघरको समस्या भएका महिलाको अप्रेशनका लागि गाउँपालिका उपप्रमुख थापामगर, सिनियर अनमी निरीक्षक राई, महिला विकास निरीक्षक ओमसरा राई लगायत काठमाडौँ पुगेका छन् । शल्यक्रियाका लागि अस्पताल लगिएका सबै बिरामीकोे प्रारम्भिक स्वास्थ्य जाँच गरिसकिएको जनाइएको छ ।

एक जनाको भने पाठेघरको मुखमा घाउ देखिएकाले घाउ निको भएपछिमात्रै उपचार हुने सिनियर अनमी निरीक्षक राईले बताउनुभएको छ । उपचारमा लगिएका महिलालाई गाउँपालिकाले खाना र बासको सम्पूर्ण खर्च भुक्तानी गर्नेगरी सोही स्थानको पाल्पाली होटलमा राखिएको जनाइएको छ ।

पाठेघरको समस्या भएका महिलाको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने तथा पाठेघरको समस्या हुन नदिन सचेत गराउने लक्ष्यका साथ गाउँपालिकाले गत माघ–७ गतेदेखि १५ गतेसम्म सबै वडामा प्रजनन् स्वास्थ्य रुग्नता सम्बन्धी स्क्रीनिङ शिविर आयोजना गरेको थियो । वडावडामा आयोजना गरिएको प्रजनन् स्वास्थ्य रुग्नता सम्बन्धी स्क्रीनिङ शिविरमार्फत छनोट गरिएका जटिल किसिमका १७ जना पाठेघर रोगी महिलामध्ये १६ जनालाई शल्यक्रियाका लागि थापाथली लगिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार ००:००  १ : २४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली