१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका प्रमुख राईको साहसले आगलागी हुनबाट जोगिएको त्यो गाउँ !

गाउँपालिका प्रमुख राईको साहसले आगलागी हुनबाट जोगिएको त्यो गाउँ !



खोटाङ, १२ चैत । शहरी तथा ग्रामीण क्षेत्रहरूमा आगलागीका कारण हामीले जन–धनको क्षति व्यहोरिरहेका छौं विगतका वर्षहरू झैं यो वर्ष पनि सुख्खायामले खोटाङमा आगलागीका घटना भइरहेका छन् । चैत÷वैशाखको समय अर्थात सुख्खायामको समयमा अधिमात्रामा आगलागीका घटना हुन्छन् । विषेशगरी यस वर्ष कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश गाउँमा आगलागी भयो ।

जङ्गलबाट पसेको डढेलोले गाउँका वस्तीमा पस्दा धेरै घर आगलागीमा परी पूर्णरुपमा क्षति भए । विभिन्न मानिसको बिचल्ली भयो भने पशु चौपायसमेत जलेर खरानी भए । विपतमा जोगाउन प्रयास गर्दा असफल भयौँ ।

ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेरी वनमा गत चैत–३ गतेबाट शुरु भएको डढेलोले दुईवटा घर, एक मतान, एउटा बाख्रा फर्म र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भयो । आगलागीबाट ज्यामिरेका भोजप्रसाद फुयाँलको घरसहित खाद्यान्न, लत्ताकपडा, विभिन्न कागजपत्र र १५ वटा कुखुरा जलेर खरानी भयो ।

बुद्धिनाथ लम्सालकोे घरसहित भाँडाकुँडा, लत्ताकपडा, ६० वटा बाख्रालगायत जलेर खरानी भए । निरन्तर लागेको आगलागी नियन्त्रण तथा निभाउनका लागि सोही दिन राति गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई आफैँ आगो निभाउन निस्कनुभयो ।

आगो निभाउन निस्कनु भएका गाउँपालिका प्रमुख राईसहित वडाध्यक्ष, स्थानीय बासिन्दालगायत सुरक्षकर्मीहरू आगलागी भएको स्थानमा पुगे । स्थानीय सल्लेरी वनको अनकन्टार भीरमा लागिरहेको आगो निभाउदा–निभाउदै एक्कासी भीरबाट झरेको ढुङ्गाले गाउँपालिका प्रमुख राईको छातीमा लाग्दा उहाँलाई चोट लाग्यो । छातीमा लागेको ढुङ्गाले स्वासप्रस्वासमा समस्या भएपश्चात प्राथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार गराउनुुभयो ।

आगलागीले भायवह रुप लिने अवस्था सिर्जना हुन नदिन गाउँपालिका प्रमुख राई रातभर खटेर आगो नियन्त्रण गर्न सफल भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा–३ ऐसेलुखर्कका वडाध्यक्ष  टेकेन्द्रराज भण्डारीले जानकारी दिनुभयो । सोही राति गाउँपालिका प्रमुख राईलाई लागेको ढुङ्गाका कारण हाल अक्सिजनको कमीले काठमाडौंस्थित न्यूरो अस्पतालमा भर्ना भएर उपचारत हुनुहुन्छ ।

अस्पतालमा उपचारत रहनुभएका गाउँपालिका प्रमुख राईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल श्रोतले जनाएको छ । “गाउँपालिका प्रमुख राईको साहस अनि स्थानीय बासिन्दा सबैले दिएको साथले हामीले ज्यामिरेको तल्लोसल्ले र नेपाने गाउँ आगलागी हुँनबाट बचाउन सफल भयौं”, प्रवक्ता भण्डारीले भन्नुभयो, “यदि रातभरमा हामीले आगलागी नियन्त्रण गर्न सफल नभएका थियौं भने दुई वस्ती पूर्णरुपमा जलेर सखाप हुन्थ्यो र ठूलो जनधनको क्षति हुन्थ्यो ।”

दश स्थानीय तह रहेको खोटाङमा आगलागीबाट रु दुई करोड ६१ लाख ९३ हजार ५०० को क्षति भएको प्रहरीले जनाएको छ । गत वैशाख–१ गतेदेखि हालसम्म डढेलोबाट ५३ र विद्युत सर्टबाट सात स्थानमा आगलागी हुँदा रु तीन करोड हारहारीको क्षति भएको प्रहरीले जनाएको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार ००:००  ५ : २२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली