१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई परीक्षामा चिट चोर्दै गरेको अवस्थामा तीन विद्यार्थी खोटाङ प्रहरीको नियन्त्रणमा

एसईई परीक्षामा चिट चोर्दै गरेको अवस्थामा तीन विद्यार्थी खोटाङ प्रहरीको नियन्त्रणमा



खोटाङ, २३ चैत । जिल्ला प्रहरी कार्यालय खोटाङले परिक्षामा चिट चोर्दै गरेको अवस्थामा तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम दिन मोबाइलबाट चिट चोर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट मोबाइलसहित शुक्रबार (आज) दुई छात्र र एक जना छात्रालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

प्रहरीको नियन्त्रणमा परेका उनीहरू अन्नपूर्ण माद्यामिक विद्यालय दोर्पाचिउरीडाँडा बुवालुङका विद्यार्थी रहेको बताइएको छ । शुक्रबार  प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवकुमार कार्की र प्रमुख प्रहरी नायव उपरीक्षक खड्काको टोली अनुगमन गर्न जादा तीन जना विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो ।

सामाजिक सञ्जाल (फेसबुक मेसेन्जर) ग्रुप बनाएर प्रश्नपत्र पठाउने र उत्तर सार्ने गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘चिट चोर्नको लागि उनीहरुले “कक्षा दश एसईई ग्रुप” बनाएका रहेछन्, सोही ग्रुपमा प्रश्न पठाउँदा रहेछन्, अनि बाहिरबाट उत्तर आएपछि धमाधम सारिरहेको अवस्थामा हामिले भेटेका हौं।’ प्रमुख प्रमुख प्रहरी नायव उपरीक खड्काले भन्नुभयो, ‘तीनै जना विद्यार्थीलाई सोधपुछका लागि जिप्रका ल्याएका छौँ, अनुसनधान भइरहेको छ ।’ प्रहरीको नियन्त्रणमा परेका तीनै जना विद्यार्थीले दिएको शुक्रबारको परीक्षा रद्द हुने बताइएको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ००:००  १ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली