१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन, अध्यक्षमा दंगाल र राईको दाबी

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन, अध्यक्षमा दंगाल र राईको दाबी



खोटाङ, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी  (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कबर्डहलमा आयोजित आठौँ जिल्ला अधिवेशन पार्टीका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा अहिले नेताहरुले शुभकामना दिने काम भइरहेको छ । उद्घाटन कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहेको छ ।

एमाले कार्यकर्ता र शीर्ष नेताले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् । जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राईको प्रतिस्पर्दा हुने देखिएको छ ।

उनीहरु दुवैले एकले अर्कोलाई नस्वीकार्दा चुनावी माहोल बनेको समाचार स्रोतको दावी छ । उपाध्यक्षका लागि वर्तमान पार्टी सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको दावी छ ।

अन्य पदाधिकारीमा भने दुवै पक्षले अहिलेसम्म नाम टुङ्ग्याएका छैनन् । आफ्नो पक्षमा माहोल बनाउन दुवै समूहबीच प्रतिनिधि तानातानको कसरत चलिरहेको छ ।

एमालेको अधिवेशनका कारण दिक्तेल बजारमा चहलपहल बढेको छ । अधिवेशनमा ५७९ जना प्रतिनिधि सहभागी रहेको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ००:००  ६ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली