१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा एमाले विभाजन हुनुहुदैनःकटवाल

खोटाङमा एमाले विभाजन हुनुहुदैनःकटवाल



खोटाङ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवंम् नेकपा एमालेका नेता नरेश कटवालले खोटाङमा एमाले विभाजन हुन नहुने बताएका छन् ।

बुधबार एमालेको आँठौ जिल्ला अधिवेशन उद्घाटन भएपछि नेता कटवालले विशेष संवाद गर्दैै एमालेले विभिन्न धार नबनाई सहमतिमा नेतृत्व टुङग्याउनु पर्ने बताए।

अधिवेशनमा धार बनाएर जाँदा पार्टी विभाजन हुन सक्छ । विभाजन भन्ने बितिक्कै पार्टी अन्र्तद्धन्द्धमा जान्छ । पार्टीले यो कुरा मुल्याङकन गर्नुपर्ने हुन्छ । नेता कटवालले भने, ‘त्यसो हुनाले विवाद नगरी सर्वसम्मत रुपमा नेतृत्व चयन गुर्नपर्छ।’

त्यहाँ अहिले एमालेमा जुन धार देखिएको छ। त्यो धारको अन्त्य गर्दै सहमतिका आधारमा चुन्ने र चुनाउने प्रक्रियामा अधिवेशन लैजानुपर्छ । यसले खोटाङ एमाले पार्टीको हित हुनसक्छ र राष्ट्रलाई समायोजन गर्न सक्छ ।

अध्यक्ष र उपाध्यक्षबीचमा प्रतिस्पर्धा देखिरहेको छ । त्यो प्रतिस्पर्धाको अन्त्य गर्नुपर्छ, तुरुन्त आजै रातभरी वा भोलि दिनभरीमा सकरात्मक सन्देश चाँहि खोटाङबासीले पाउनुपर्छ । नेता कटवालले भने, “यसो हुँदा एमाले पार्टी बच्न सक्छ। एमाले समर्थक र शुभेच्छुकले सकरात्मक सन्देश लिन पाउँछ।”

पहिलो, दोश्रो, तेश्रो नभनि तत्काल द्धन्द्धलाई छोडेर सहमतिको आधारमा अधिवेशन लैजानुपर्छ । नेताहरुलाई मेरो आग्रह छ । सहमति भएमा समग्र खोटाङको हित हुन सक्छ । चुनावमा जाँदा पार्टी विभाजन हुने, पार्टीभित्र नकरात्मक सोचहरु आउने हुदा राम्रो सन्देश जाँदैन । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नैपर्छ ।’

नेता कटवालले भने।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ००:००  १० : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली