५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीमा डढेलोको प्रकोप : सल्लेका ६ घर जलेर खरानी

हलेसीमा डढेलोको प्रकोप : सल्लेका ६ घर जलेर खरानी



खोटाङ । वनमा लागेको डढेलो गाउँ पस्दा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो स्थानीय सल्ले पोखरी पाखा सामुदायिक वनमा लागेको डढेलोले सल्लेस्थित मगरगाउँका घर र मतानहरु जलेर खरानी भएका हुन् ।

डढेलोले मदनकुमार थापा, खगेन्द्र विक, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा र झनबहादुर थापाको घर र मतान जलेर नष्ट भएको हो ।  भेषबहादुर रानाको घर र योगबहादुर रानाको मतान जलेर खरानी भएको हो ।

डढेलो नियन्त्रण गर्न हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख बिमला राई,वडाध्यक्ष स्थानीयवासी नेपाल प्रहरीलगायतको टोलि आगलागि भएको स्थानमा पुगेका छन् । हाल जङ्गलमा आगलागी भै रहेको छ । डढेलो नियन्त्रण गर्ने प्रयास भइ रहेपनि नियन्त्रणमा नआएकाले सल्ले पोखरी आसपासका घरहरु जोखिममा  रहेको बताइएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ००:००  ९ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली