११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक वर्ष २०८१÷०८२ मा खोटाङका कुन स्थानीय तहलाई कति बजेट ?

आर्थिक वर्ष २०८१÷०८२ मा खोटाङका कुन स्थानीय तहलाई कति बजेट ?



खोटाङ । नेपाल सरकार, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ का लागि खोटाङका स्थानीय तहलाई रु २१ करोडदेखि बढीमा रु ६६ करोडको हाराहारीमा अनुदान हस्तान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ को अन्तर सरकारी वित्त हस्तान्तरण कार्यक्रम अन्तरगत उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम साकेला गाउँपालिकाले बजेट प्राप्त गर्ने भएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ६६ करोड ९३ लाखको हाराहारीमा बजेट प्राप्त गर्ने जनाइएको छ । चालुतर्फ रु ६१ करोड ६५ लाख र पुँजीगत प्रकृतितर्फ रु पाँच करोड २८ लाख, समानीकरणतर्फ रु १४ करोड १५ लाख, सशर्ततर्फ रु ५२ करोड २८ लाख र समपुरकतर्फ रु ५० लाख अनुदान प्राप्त गर्ने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले रु ४७ करोड २२ लाख अनुदान पाउने छन् । चालुतर्फ रु ४२ करोड ९४ लाख र पुँजीगतमा रु चार करोड २८ लाख अनुदान पाउने छन् । समानीकरणतर्फ रु दश करोड ४७ लाख, सशर्ततर्फ रु ३४ करोड १५ लाख र विशेष अनुदानतर्फ रु दुई करोड ६० लाखको हाराहारीमा बजेट पाउने भएको छ ।

ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ रु २९ करोड २९ लाख र पुँजीगततर्फ रु दुई करोड ९५ लाख गरी रु ३२ करोड २४ लाख बजेट पाउने छन् । केपिलासगढी गाउँपालिकाले चालुतर्फ रु २६ करोड ६८ लाख र पुँजीगतमा रु दुई करोड ४४ लाख गरी रु २९ करोड १२ लाख बजेट प्राप्त गर्नेछन् ।

खोटेहाङ गाउँपालिकाले चालुतर्फ रु ३५ करोड नौँ लाख र पुँजीगतमा रु सात करोड गरी रु ४२ करोड नौँ लाख तथा जन्तेढुङ्गा गाउँपालिकाले चालुतर्फ रु २५ करोड ७२ लाख र पुँजीगतमा रु तीन करोड दुई लाख गरी रु २८ करोड ७४ लाख अनुदान पाउने भएका छन् ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चालुतर्फ रु ३३ करोड २४ लाख र पुँजीगतमा रु तीन करोड एक लाख गरी रु ३६ करोड २५ लाख तथा रावाबेँसी गाउँपालिकाले चालुतर्फ रु २३ करोड ८३ लाख र पुँजीगतमा रु पाँच करोड ५० लाख गरी रु २९ करोड ३३ लाख प्राप्त गर्ने भएका छन् ।

बराहपोखरी गाउँपालिकाले चालुमा रु २२ करोड ६१ लाख र पुँजीगतमा रु तीन करोड ३६ लाख गरी रु २५ करोड ९७ लाख तथा साकेला गाउँपालिकाले चालुमा रु २० करोड ४६ लाख र पुँजीगतमा रु एक करोड ४२ लाख गरी रु २१ करोड ८८ लाख अनुदान प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ००:००  ३ : ०२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली