९ श्रावण २०८१, बुधबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिलनले चुम्यो राष्ट्रिय गायन प्रतियोगिताको उपाधि

मिलनले चुम्यो राष्ट्रिय गायन प्रतियोगिताको उपाधि



खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत १८ वर्षमुनिका राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले चुम्नुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा गएराति सम्पन्न प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले उपाधि चुम्नुभएको हो ।

देशभरका २९ जना प्रतियोयोगीको सहभागिता रहेको प्रतियोगितामा सुदीप विश्वकर्मा दोस्रो, कञ्चन राई तेस्रो, अदिती शाक्य चौथो तथा डेनिस राई पाँचौँ हुनुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र सात हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी तथा सहभागी गायक÷गायिकालाई कार्यक्रका प्रमुख अतिथि गीतकार एवम् कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री राजन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खोटाङ कलाकार समाजको सह–आयोजनामा सञ्चालन भएको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा वरिष्ठ सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहनुभएको थियो ।

प्रतियोगितामा सहभागीमध्ये पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ छनोट गरिएको थियो । उत्कृष्ट १५ मा छनोट भएकाले पुनः प्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट पाँच छनोट गरिएको सह–आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभएको छ ।

वैशाख–३१ गतेदेखि जेठ–१० गतेसम्म सञ्चालन हुने महोत्सव अन्तरगत गायन प्रतियोगिता समापनको अवसरमा वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरिएको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदरस्वरुप सङ्गीतकार खड्का र गायिका राईलाई नगद रु सात हजार ७७७ नगदसहित सम्मानपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । एघार दिनसम्म सञ्चालन हुने महोत्सव अन्तरगत गत वैशाख–३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता तथा जेठ–४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो ।

एथ्लेटिक्स विद्याका प्रतियोगिता अन्तरगत खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ । उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५÷७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवा उपाधि जित्नुभएको थियो । प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको उपाधि जितेको हो ।

महोत्सव अन्तरगत जेठ–८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदै छ । सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक जनाएको छ । दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौँवटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवम् साँगीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार ००:००  ५ : ४४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली