५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलाको हत्या, अपराध

खोटाङमा महिलाको हत्या अभियोगमा दुई जना पक्राउ

महिलाको हत्या, अपराध

खोटाङमा महिलाको हत्या अभियोगमा दुई जना पक्राउ



खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गत मंसिर १९ गते राति घरबाट हराएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पबित्रा तामाङको हत्या अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३३ वर्षीय दिपक श्रेष्ठ र उनकी २५ वर्षीय श्रीमति सृजना राईलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादीलाई ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पुस ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । श्रेष्ठलाई तामाङको हत्या गरी लुटपाट गरेको तथा राईलाई श्रीमानले गरेको अपराध ढाकछोपमा मतियारकारुपमा सघाएको आधारमा पक्राउ गरिएको बताइएको छ । गत मंसिर १९ गते राती ८ बजेपछि घरबाट हराएकी तामाङ पुस ३ गते तीन सय मिटर टाढा रहेको बर्खे गोठमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिईन् ।

मृतक तामाङको शव पात्लेको पत्करले छोपिएको अवस्थामा फेला परेको थियो । प्रहरीले मृतक तामाङले लगाएको दुई थान माडबरी (सुन)  जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीबाट बरामत गरेको पत्रकार सम्मेलनमा बताएको छ । हत्यामा संलग्न श्रीमान र श्रीमातीबाट दुई थान मोबाइल सिम, दुई थान मोबाइल, हत्यामा संलग्नका ससुराबाट एक थान मोबाइल बरामत गर्नुका साथै घटनास्थलबाट एक थान हथौडा (हम्मर)समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ८ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली